सिटिजन लाइफको “डिजिटल सिटिजन” अभियानअन्तर्गत “अनलाईन बीमा दाबी” सेवा शुभारम्भ

ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमा सेवाग्राहीले आफू र आफ्नो परिवारको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नुपर्ने हालको परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन “डिजिटल सिटिजन” अभियानअन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ ।

यस सुविधा मार्फत अब देखी सेवाग्राही/बीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा नै गई राख्नु पर्दैन । ईन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिन्छ । कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनवाट दावी सम्बन्धि आवश्यक कागज पत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडी बढाउन सकिन्छ । सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसंग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चांडो हुने र जस्ले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन” अभियानअन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत १ बर्ष देखी सञ्चालनमा रहेको छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा “डिजिटल सिटिजन” अभियानअन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले जानकारी गराउनु भयो ।

यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।

Comments

Popular posts from this blog

नयाँ व्यापारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी १ नम्बर !

Silver Club Qualified! Not a Personal Achievement

रक्तदान तथा नि: शुल्क स्वास्थ्य शिबिर